वर्सेनी अमेरिकाको लास वेगासमा कन्ज्युमर ट्रेड असोसिएसनद्वारा (CTA) हुने CES/ कन्ज्युमर इलेक्ट्रोनिक्स सो यसपाली जन ८ बाट सुरु हुने भएको छ. कन्ज्युमर इलेक्ट्रोनिक्स सोमा नयाँ-नयाँ इलेक्ट्रोनिक्स समान र टेक्नोलोजीहरु प्रदशनमा हुनेगर्छ.

जन ८ मा पर्दशनी सुरु हुने भएपनि जन ६ देखि मीडियाहरुको लागि न्युज कन्फेरेन्सहरु सुरु भइसकेको छ. 5G टेक्नोलोजी, सामसुङ ग्यालाक्सी S10, हाई रेजोलुशन 8K टिभी, स्मार्ट डिभाइहरु CES २०१९मा चर्चामा रहेको पर्दशनीहरु हुन्.

CES २०१९ तालिका:

इभेन्ट गते
 न्युज (मीडिया मात्र) जन ६-९, २०१९
टेक इस्ट, टेक वेस्ट र  टेकसाउथमा किनोट & कन्फेरेन्स कार्यक्रम जन ७-११, २०१९
टेक इस्ट र टेक वेस्टमा प्रदशन जन ८-११, २०१९
C स्पेस कन्फेरेन्स कार्यक्रम र ARLAमा प्रदशन जन ७-१०, २०१९

 

CES २०१९को ४ दिनको कार्यक्रममा करिब २ लाखको हाराहारीमा सहभागीहरु हुने छन् भने ६५०० पत्रकारहरु र ४५०० प्रदशकहरुले आफ्नो सामानहरु प्रदशनमा राख्ने छन्. CES २०१९ कार्यक्रममा दर्ता शुल्क १०० डलर देखि १४०० डलरसम्मको प्याकेज छ.