‘गालामा दारी, काँधमा जिम्मेवारी’ भन्ने मुल नारालाइ आत्मासात गर्दै अगाडी बढेको युवाहरुको समुह ‘दारी ग्याङ्ग’(Dari Gang) सामाजिक सञ्जालहरुमा धेरै चर्चा बटुलिरहेको छ । यस युवाको जमातले विभिन्न सामाजिक कार्यहरुमा सक्रिय भएर नेपाली समाजमा छुट्टै पहिचान बनाइ सकेको छ । समाजमा उदारणीय युवाको भूमिका निभाइ रहेका दारी ग्याङ्गका युवाहरुले नया वर्षको सुरुवातसंगै यस पटक दारी ग्याङ्ग (Dari Gang) विज्ञान अभियान संचालन गरिरहेका छन्।

यस अभियान मार्फत एक लाख भन्दा बढी सदस्य रहेको दारी ग्याङ्ग (Dari Gang)मा बिभिन्न विज्ञान प्रबिधि सम्बन्धी सूचना आदानप्रदान गरिदै आएको छ ।

अहिले विशेष गरी काठमाडौँमा, स्कुल देखि विश्वविधालय सम्मका विधार्थीहरुलाई लक्षित गरी बिभिन्न रोबोटिक्स र एस्ट्रोनोमि सम्बन्धी कार्यक्रमहरु संचालन भईरहेको र यसलाई देशको सबै क्षेत्रमा विस्तार गर्ने यस अभियानका मुख्य अभियानकर्ता उपेन्द्र ढुंगानाले बताउनु भयो ।

dari gang bigyan aviyan - Bipin karkiयस अभियानमा कलाकार बिपिन कार्की ब्रान्ड अम्बासडर हुनुहुन्छ।

यस अभियानलाई सफल बनाउन नेपाल एस्त्रोनोमिकल सोसाइटी (नासो) ले प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ ।

 

साथै नेपालमा बिज्ञान प्रबिधिको बारेमा प्रचार प्रसार गरी सम्पुर्णमा बिज्ञान प्रबिधिको बारेमा सचेत गराउने उधेश्यका साथ दारी ग्याङ्ग (Dari Gang) विज्ञान अभियान अगाडी बढाइएको, दारी ग्याङ्ग (Dari Gang)का एडमिन जगदिस भण्डारीले बताउनु भयो।

Dari Gang