डिजिटल प्रविधिको प्रयोगबाट नेपालमा पहिलोपटक विना कागज मन्त्रीपरिषद् बैठक

काठमाडौँ — नेपालमा पहिलोपटक स्वचालित प्रणाली (Automation System) बाट मन्त्रिपरिषद् बस्न सुरु भएको छ । मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखि मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने नीति ल्याएको थियो। सोहि अनुसार बिहिबारको बैठकबाट पहिलो पटक प्रधानमन्त्री र मन्त्रीहरुले कागजको साटो म्याकबुक ऐर (MacBook Air)को प्रयोग गर्न थालेका छन्।

डिजिटल प्रविधिको प्रयोगबाट नेपालमा पहिलोपटक विना कागज मन्त्रीपरिषद् बैठक-cabinet

बैठकमा पेस हुने विषयवस्तु र छलफललाई प्रविधिको प्रयोग गरी सहज र प्रभावकारी बनाउन मन्त्रिपरिषद् कार्यालयले बैठक कक्षमा ‘अटोमेसन सिस्टम’ जडान गरेको हो ।  मुलुकका हरेक गतिविधिलाई डिजिटलाइज बनाउने उदेश्यले मन्त्री परिषद् बैठकलाई अटोमेशन प्रणालीबाट बस्न सुरु गरिएको हो। यसअघि मन्त्रीपरिषद्को बैठक काजजी रूपमा सञ्चालन हुँदै आएका थिए । अब भने मन्त्रालयका प्रस्ताव अटोमेशन प्रणाली मार्फत् प्रधानमन्त्री कार्यालयमा पेश गरिनेछ । त्यो प्रस्ताव मन्त्रीहरुले म्याकबुक मार्फत् हेर्न पाउनेछन् । यसको सुरुवातसंगै कागजी प्रक्रियामा कमि, प्रविधिको प्रयोगमा जोड हुने र चाडै नै सबै क्षेत्र पेपरलेस हुने निश्चय भएको छ।

डिजिटल प्रविधिको प्रयोगबाट नेपालमा पहिलोपटक विना कागज मन्त्रीपरिषद् बैठक-minister