तपाई-हामीले फायरफक्सको नाम सुन्नासाथ सर्वप्रथम दिमागमा आउने भनेको यो होला:

firefox old logo

अथवा एस्तो होला;

“फायरफक्सको यो लोगो स.न. २००२ बाट उही रहीआएको हो। तर अब भने चाही परिवर्तनको जरुरी छ!” — मोज़िला

मोजिलाको(Mozilla) एउटा ब्लग पोस्टको अनुसार अब मोज़िलाको अन्य थुप्रै साइड-प्रोजेक्टहरु पाइप लाईनमा छन् र त्यसैले पनि फायरफक्सको (Firefox) लोगोमा परिवर्तन आउन थालेको हो। तत्कालै लोगो परिवर्तन त भैसकेको छैन, तर एक मात्र नभइ करिब २ ओटा मास्टरब्रान्ड लोगो र २२ ओटा सहायक वोर्क-इन-प्रोग्रेस लोगोहरु मोज़िलाले सार्वजनिक गरेको छ।

नया लोगोहरु यस्ता छन्:

firefox new logo System-1 firefox new logo System-2

तपाईले फायरफक्सको (Firefox) वेबसाईटमा गएर कुन चाही लोगो राम्रो भन्नेमा आफ्नो प्रतिक्रिया दिनसक्नुहुनेछ।