Huawei tops apple becomes world's top phone company

२०१६मा, हुवावेले (Huawei) दुई बर्षमा संसारकै दोस्रो ठुलो स्मार्टफोन कम्पनी बन्ने लक्ष्य लिएको थियो! र अहिले २ बर्ष नपुग्दै, २ महिना अघि नै, Counterpoint Research र  IDC को तथ्यांक अनुसार हुवावेले त्यो लक्ष्य हासिल गरेको छ।

काउन्टरपोइन्टको रिपोर्ट अनुसार हुवावेको स्मार्टफोन बिक्रि-व्यापार Q२ २०१७को ३ करोड ८५ लाख थान बाट Q२ २०१८मा ५ करोड ४२ लाख थान पुगेको छ! यो भनेको हुवावेको व्यापार १ बर्षमा ४१%ले बृधि भएको छ।

यस बीच, एप्पलको (Apple) स्मार्टफोन बिक्रि-व्यापार Q२ २०१७को करोड १० लाख थान बाट Q२ २०१८मा ४ करोड १३ लाख थान मात्र पुगेको छ। यो भनेको एप्पलको व्यापार १ बर्षमा १%ले मात्र बृधि भएको छ।

बजार सेयरको अनुसार सामसुङ (Samsung) २०%का साथ पहिलो स्थान ओगटेको छ भने, हुवावेले १५% र एप्पलले ११% गरि दोस्रो र तेस्रो स्थानमा छन्। त्येस्तै शाओमी (Xiaomi) र ओप्पोले (Oppo) ९% र ८% गरि चौथो र पाचौ नम्बरमा छन्।

कसरी भयो हुवावे टप ब्रान्ड?

IDC का अनुसार, हुवावेको यो उपलब्धिमा हुवावेको उप-ब्रान्ड ओनरले (Honor) निक्कै मद्दत पुर्याएको छ। वास्तवमा, उप-ब्रान्ड ओनरको व्यापार चीनमा स्वयम् हुवावे ब्रान्डभन्दा बढी भएको छ।

अझ हुवावेको प्रिमियम फोन P20 र P20 Pro को राम्रो मागले पनि हुवावेको विकासमा ठुलो हात छ।

अमेरिकी सरकारबाट अमेरिकामा हुवावेको बिक्रि-ब्यापारमा रोक लगाएता पनि हुवावेले यो लक्ष्य पुरा गर्न सकेको हो।

 


तपाइलाई कुनै पनि टेक-सप्पोर्ट वा ताजा प्रविधि-सम्बन्धित खबरको लागि Prabidhi Info Facebook पेज र Prabidhi Info ग्रुपमा जोडीऔ!