युवा-युवतीमा निक्कै चर्चा बटुल्न सफल भएको एप Musical.ly अब रहेन.

बाइटडान्स (ByteDance) नाम गरेको चाईनिज कम्पनीले Musical.ly लाई गत वर्ष १ अरब डलरमा किनेको थियो र अब यसले Musical.ly एपलाई यही कम्पनीको एप TikTok संग मर्ज गरेको छ.

श्रावण १७ गते बिहान, प्लेस्टोरमा Musical.ly एप अपडेट भएर Tik Tok – including musical.ly मा परिवर्तन भएको छ. कुनै पनि प्रयोगकर्ताले २ घण्टाभन्दा बढी लगातार एपमा एक्टिव भएमा एपले अलर्ट गर्ने थप सेटिंग यो नया अपडेटको उल्लेखनीय फिचर हो.

चार वर्ष पुरानो Musical.ly एपको प्रयोगकर्ता संसार भरि १०० मिलियन भन्दा बढी छन् भने २०१६मा बनेको TikTok एपको संसार भरि ५०० मिलियन भन्दा बढी छन्. र यी दुईवटा एप मर्ज गरेर बाइटडान्सले (ByteDance) अझै ठुलो युजर-बेस बनाउने तरखर गरेको छ.

 

 


तपाइलाई कुनै पनि टेक-सप्पोर्ट वा ताजा प्रविधि-सम्बन्धित खबरको लागि Prabidhi Info Facebook पेज र Prabidhi Info ग्रुपमा जोडीऔ!