Smart City Waling, Syangja, Nepal

 

अहिले नेपालमा “स्मार्ट सिटी” शब्द सबैको मुखमा झुण्डीएको छ तर “स्मार्ट सिटी” को वास्तविक परिकल्पना कमै हुने गरेको छ । अब भने स्याङ्जा जिल्लाको वालिंङ् नगरपालिका (Waling Municipality) नेपालमा स्मार्ट सिटीको उदाहरण बन्दै छ । वालिंङ् नगरपालिका कसरी स्मार्ट सिटी बन्दै छ भनेर जान्नु पहिला “स्मार्ट सिटी (Smart City ) भनेको के हो?” बुझौ ।

स्मार्ट सिटी भन्नाले सूचना प्रबिधि तथा स्थानीय स्रोत-साधन को उचित प्रयोग र परिचालन गरी भइरहेको समस्याको समाधान, प्रभावकारी काम कारबाही, आधारभूत सेवा सुबिधाको सजिलै पहुच साथै आत्मानिर्भरता, सुरक्षितपनको महसुस जस्ता कुराहरु को अभ्यास भइ सम्पुर्ण क्षेत्रकै स्तर उन्नति भएको अवस्था बुजाउछ ।

लामो समय देखि स्याङ्जा जिल्ला, वालिंङ् नगरपालिका को विकासमा लाग्नु भएका नगर प्रमुख दिलिप प्रताप खाँडले वालिंङ् नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्न दिनरात लाग्नु भएको छ । वालिंङ् नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्न १९ वटा बिषयलाई अघि बढाइएको छ। साथै पहिलो चरणमा करिब ७० वटा क्लब लाई राखी स्मार्ट सिटी वालिंङ् लाई प्रतिनिधित्व गर्न गुलाबी (पिंक) रंग छानिएको छ।

उहाँले “स्मार्ट सिटी के हो अनि वालिंङ् नगरपालिलाई कसरी स्मार्ट सिटीको रुपमा विकास गरिदै छ” भन्ने विषयमा काठमाडौँ को कान्तिपुर सिटि कलेजमा दिएको प्रस्तुतीले सम्पूर्ण लाइ अचाम्म बनाएको छ।

“The Sky” नामको युट्युव च्यानलमा राखिएको वालिंङ् नगरपालिकाको नगर प्रमुख दिलिप प्रताप खाँडको “Smart City for Sustainable Development”  भन्ने सेमिनार को यो भिडियो हेरी बिस्तृत जानकारी लिनुहोस्।


तपाइहरुलाइ स्मार्ट सिटी अथवा वालिंङ् नगरपालिकाको बारेमा केही जिज्ञासा छन भने तलको कमेन्ट बक्स मा लेख्नुहोस। हामीलाई फेसबुक अथवा टुइटर बाट पनि सम्पर्क गर्न सक्नुहुन्छ ।