अन्लाईनमा केहि सिक्न को लागि सबैले सुरुमा खोल्ने वेबसाईट को रुपमा UDEMY उदाएको छ । UDEMY को वेबसाईटमा 65000 भन्दा बढी कोर्स हरु छन। UDEMY लाई २ करोड विद्यार्थीले अन्लाईनमा सिक्ने माध्यमको रुपमा प्रयोग गर्छन, त्यति मात्र नभई यसलाई अन्लाईनमा पढाएर पैसा कमाउने माध्यम बनाउने पनि ३० हजार भन्दा बढी छन्।

UDEMY ले ५० ओटा भाषामा कोर्स हरु राखेको छ भने कुल ९ ओटा विधाहरु र १०० ओटा उप-विधाहरुलाई समेटेको छ।

यसमा सिक्न मन लागेको जुनै-सुकै विधा को कोर्स जुनै-सुकै समयमा पनि सिक्न पाइन्छ। यति मात्र हो कि कुनै निशुल्क राखिएको हुन्छन भने कुनै शुल्क तिरेर किन्नु पर्ने हुन्छ। तर यदी कसैले तपाईलाई शुल्क तिरेर किन्नु पर्ने कोर्स हरु पनि निशुल्क पाउन सकिन्छ भन्यो भने तपाईलाई अचम्म लाग्न सक्छ। यधापी त्यति अचम्म मान्नु पर्दैन, UDEMY मा शिक्षक ले दिएको विशेष कुपन कोड प्रयोग गरी शुल्क लाग्ने कोर्स हरु पनि निशुल्क हेर्न सकिन्छ तर ती कुपन कोडहरु सिमित समयावधिमा मात्र प्रयोग गर्न सकिन्छ, आजको यस लेखमा हामी UDEMY COURSE को निशुल्क  कुपन दिने ति वेबसाइटहरु बारेमा जानकारी दिनेछौ।

तल दिएको वेबसाइटहरु प्रयोग गरी तपाइले UDEMY को शुल्क लाग्ने कोर्स हरु निशुल्क  हेर्न सक्नुहुन्छ ।

 

COUPONSCORPION

How to get Paid Udemy Courses for free CouponScorpion

UDEMY COURSE हरु सित्तैमा वा निशुल्क पाउन COUPONSCORPION धेरै प्रयोगमा आउने गरेको छ, COUPON SCORPION वेबसाइट निक्कै सहज र चलाउन सजिलो छ।
यो वेबसाइटमा कुपनहरु नियमित रुपमा अपडेट हुन्छन्। यसमा UDEMY मा भएको विधाहरु अनुसार कोर्स कुपनहरु छुट्याएको छ । COUPON SCORPION मा सित्तै र १००% छुट भएको सजिलै संग चिन्नको लागि कोर्स माथि “FREE” र “100% OFF” लेखिने गरिएको छ।

 

DISCUDEMY

How to get Paid Udemy Courses for free DISCUDEMY

हेर्दा सहज र 5 विभिन्न भाषाहरुमा कोर्स हरु छुट्याएर राखेको DISCUDEMY को वेबसाइट लाई COUPON SCORPION को राम्रो संस्करणको रुप लिन सकिन्छ।

यसमा पनि COUPON SCORPION मा जस्तै निशुल्क कोर्स हरुलाई छुट्टा-छुटै विधामा छुट्टाइएको छ। यस वेबसाइटको सबभन्दा तल FOOTER मा गत 5 दिनमा चर्चित कोर्स हरुलाई स्पॉटलाइटमा राखिएको छ।

 

OzBargain.com.au

How to get Paid Udemy Courses for free Oz-bargain

OzBargain, UDEMY को लागि मात्र नभई इन्टरनेट भरिका विभिन्न सामानमा पाइने छुटको बारेमा जानकारी दिने वेबसाइट हो । OzBargain मा प्रयोगकर्ता हरुको योगदान नै मुख्य हुनेगर्छ ।

doweyy नामक user ले हरेक महिना (मासिक रुपमा) गरेको पोस्टहरुमा UDEMY का नया-नया १००% छुट दिएका कोर्स हरु हुन्छन् ।

पहिलेको महिनामा पोस्ट गरिएको १००% छुट भएका पुराना कोर्स हरुको लागि सिधै यो लिंक बाट पनि जान सक्नुहुन्छ ।

 

Best-Course-Online.com

How to get Paid Udemy Courses for free Best-Course-Online

यो वेबसाइटमा सामान्यतय निशुल्क र केहि % छुट भएको कोर्स लगायत सबै हुन्छन. १००% छुट वाला मात्रै हेर्नको लागि यो लिंकमा जानुहोस।

 

अरु थप उल्लेखनीय वेबसाइटहरु:

 

ध्यान दिन पर्ने कुरोहरु:

  • एकै पटक धेरै १००% छुट कुपन कोर्स हरुमा “Enroll Now” मात्रै थिचेर कोर्स मा आबध्द हुन खोज्दा, माथि त्रुटी मेसज़ message “You have exceeded the maximum number of requests.” आउछ। एस्तो अवस्थामा कि त एकछिन पर्खेर फेरी प्रयास गर्नुपर्छ वा पालै-पालो आबध हुन लाएको सबै कोर्स हरुलाई “Add to Cart” गरेर एकै पल्ट “Enroll Now” गर्नपर्छ।

How to get Paid Udemy Courses for free ERROR Message

  • कुनै कुनै समयमा “Add to Cart” गरेको बेला Cart मा भएको कुनै कोर्स निःशुल्क नभइ केहि रकम देखाउछ। यस्तो अवस्थामा रकम देखाएको कोर्स लाई “remove” गरेर अरु सबैलाई “Enroll Now” गर्ने, पछि त्यो रकम देखाएको कोर्स लाई छुटै खोलेर “Enroll” गर्ने।