नेपालमा किन उपयुक्त छैनन् भिभो नेक्स र ओप्पो फाइन्ड एक्स जस्ता फोनहरु?

तीन-चार बर्ष अघिसम्म हामीले फोन सम्झिदा पनि अलि सानो, मोटो र कि-प्याड भएको उपकरणको चित्रण गर्‍थियौ। तर आजको प्रविधि र फोनहरु हेर्दा हामी “भविष्य”को प्रविधि प्रयोग गर्दैछौ भन्दा पनि फरक नपर्ला सायद!

एप्पल र सामसुङलाई छोडौ, त्यस्तैमा अहिलेको निक्कै फ्युचरिस्टिक फोनहरु हुन्; भीभो नेक्स (vivo Nex) र ओप्पो फाइन्ड एक्स (OPPO Find X)।

यी दुवै फोनेहरुमा अहिलेको सम्पूर्ण लेटेस्ट फिचरहरु; क्वालकमको ८४५ सिस्टम अन चिप, शक्तिशाली क्यामेरा मेगापीक्सल्स त छदैछन्। तर पुरै स्क्रीन मात्र भाएका यी दुई फोनहरुको सबैभन्दा मुख्य आकर्षण हुन्, अनि मोटोराईज्ड क्यामेरा फंग्शनालिटी प्रमुख विशेषता हो।

अझै अन्डर-स्क्रीन फिङ्गरप्रिन्ट स्कानर भिभो नेक्सको अर्को फ्युचरिस्टिक फिचर हो।

यति धेरै आकर्षक विशेषता हुदा-हुदै पनि यी दुई फोनहरु नेपालको परिपेक्क्षमा त्यति उपयुक्त देखिदैनन्।

कारण:

अहिले नेपालको हरेक सहर इलाकामा बाटो-घाटो बनाउने क्रम जारि छ. र कत्तिको धुलो र प्रधुषण छ भन्ने हामी सबै नेपालीलाई अवगत नै छ। हो, यस्तैमा भिभो नेक्स र ओप्पो फाइन्ड एक्सको प्रमुख विशेषता मोटोराईज्ड क्यामेरा फंग्शनालिटी नै समस्या बन्न पुग्छ।

मोटोराईज्ड क्यामेरा खुल्दा र बन्द हुदा क्यामेरा सेक्सन नै हल्लिने र जस्को कारण धुलो पस्ने, अड्किने हुनसक्छ। (तल भिडियो हेर्नुहोस!) र धुलो पसेर अड्केपछि क्यामेरा राम्रोसंग खोल-बन्द नहुने समस्या आउछ।

ल अब भन्नुस जुन फोनको प्रमुख विशेषताप् नै क्यामेरा हो, र त्येही क्यामेराको उपयोग गर्न नपाउने सम्भावना प्रबल हुदा-हुदै १ लाख जस्तो ठुलो रकम खर्चीएर फोन किन्न उपयुक्त होला त?


तपाइहरुलाइ यस बारेमा केही जिज्ञासा छन् भने तलको कमेन्ट बक्स मा लेख्नुहोस। हामीलाई फेसबुक अथवा टुइटर बाट पनि सम्पर्क गर्न सक्नुहुन्छ।